सन् २००९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता प्राध्यापक इलिनोर ओस्ट्रम चारदिने भ्रमणका लागि नेपालमा


 

सन् २००९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता प्राध्यापक इलिनोर ओस्ट्रम चारदिने भ्रमणका लागि आइतबार काठमाडौँ आएकी छन् ।

सरकारको निमन्त्रणामा प्राध्यापक ओस्ट्रमको नेपाल भ्रमण तय भएको हो । उनले नेपालमा समुदायको सहभागितामा सामुदायिक स्रोतको व्यवस्थापनका क्षेत्रमा गहन अनुसन्धान र अध्ययन गरेकी छन् । उनले आफ्नो भ्रमण क्रममा राष्ट्रपति डा. रामवरण यादव र कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारसँग भेट गर्नेछिन् ।

त्यसैगरी प्राध्यापक ओस्ट्रमले काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुका साथै नेपाल सरकारका सचिवहरुसँग भेट गर्ने कार्यक्रम छ।

उनी मङ्सिर २२ गते फर्कनेछिन् ।

को हुन इलिनोर ओस्ट्रम

 

 -उनी पहिलो विश्व महिलाको रुपमा अर्थशास्त्रको नोवेल पुरुस्कार विजेता हुन् । जुविस बाबु र प्रोष्टेन्ट धर्म मान्दथे । सन् १९३३ मा क्यालिफोर्निया जन्मेकी हुन् ।  १९५१ मा उनले हाइस्कुलको शिक्ष बेभरीबाट पूरा गरेर सन् १९५४ मा राजनीति शास्त्रमा स्नात्तक पूरा गरेकी थिइन् । सन् १९६५ मा विद्यावारिधि उपाधि प्राप्त गरेकी थिइन् । उनले आफ्ना श्रीमान भिसिन्ट ओस्टमसंग मिलेर राजनीतिक सिद्धान्त र नीति विश्लेषण नामक एक सम्मेलन गरीकी थिइन् ।