भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुककी हजुरआमा एक साता लामो नेपाल भ्रमणमा


 

– भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुककी हजुरआमा आसी खेसार छेदोङ एक साता लामो भ्रमणमा १७ सदस्यीय टोलीसहित आइतबार नेपाल आइपुगेकी छन् ।

तीर्थाटन गर्न आएकी उनको सेन्जेन गुम्बालगायत उपत्यकामा रहेका गुम्बा र पर्यटकीयस्थल घुम्ने तथा धर्मगुरु भेट्ने कार्यक्रम छ । उनी बिहीबार लुम्बिनी जानेछिन् ।