अर्घाखाँची ढाकावाङका एक युवाको शब कतारमा वेवारीशे/आफन्त खोजिदिन आग्रह

उमाकान्त पाण्डे गाउले


मध्यपुर्वको खाडी राष्ट्र कतारमा पुगेका अर्घाखाँचीका एक युवाको शब आफन्तलाई बुझाउन नपाउदा वेवारिशे बनेको छ ।आफन्त हरु सँग संपर्क हुन नसकेकोले उन्को शब अझै पनि अस्पतालमै रहेको हो । कतारमा कार्यरत नेपालीहरुको सकृयतामा उन्को शबलाई अस्पताल सम्म पुराइएको जनाइएको छ । कतार बाट मध्यपुर्व स्थित अर्घाखाँची डट्कम् का प्रतिनिधिलाई प्राप्त खबरका आधारमा अर्घाखाँची डट्कम् तथा जिल्लाका संचार माध्यम मार्फत मृतकका आफन्त जन खोजिदिन त्यहा कार्यरत नेपाली हरुले आग्रह समेत गरेका छन ।


गत नोभेम्बर महिनाको ५ तारिख कतारको सनैया स्ट्रिट ११ मा सडक दुर्घटनामा परी मृत्‍यु हुने ढाकावाङ ६ आँपडाडा अर्घाखाँचीका लाल बहादुर भुसाल हुन । सँगै कार्यरत साथीहरुको सहयोगमा यो ठेगाना खुलेको हो । तर यस्को पुस्टी हुने गरी शब जिम्मा लाउन सक्ने गरी अहिले सम्म कोही न आएको गुनासो त्यहा कार्यरत नेपाली हरुको रहेको छ । घरमा को को हुन्हुन्छ ? के कस्तो परिवारहो हामीलाई केही थाहा छैन । सडक दुर्घटनामा परेको देखेर बचाउन जादा उहाको मृत्‍यु भएको थियो बचाउन सकेनौ कम्तीमा पनि शब भएपनी उहाको घर परिवारलाई बुझाउन पाए राम्रो हुन्थ्यो त्यहा कार्यरत नेपालीको प्रतिकृया छ ।


कही गएर आउँदै गर्दा उनी चढेको ट्याकंर अर्को ट्याकंरमा ठोक्किदा गाडीको सिसा फुटेर सडकमा पछारिन पुगेका भुसाललाई आफु चढेको गाडी ले किचेर मृत्‍यु हुन पुगेको प्रत्यक्ष दर्शी बताउछन । अहिले उन्को शब हमद अस्पतालमा राखिएको छ । शब लाई नेपाल सम्म पठाउन तथा आफन्त लाई संपर्कमा ल्याइदिनका लागि अर्घाखाँची डट्कम् मार्फत अनुरोध गरिएको छ । कतारमा रहेका अर्घाखाँची जिल्ला बासी तथा अन्य सम्पूर्ण नेपाली मिलेर मृतकको शब उहाका घर परिवार सम्म पुराएर मानविय सहयोग गरिदिन अर्घाखाँची डट्कम् मध्यपुर्व स्थित अन्तरराष्ट्रिय कार्यलय तथा सम्पूर्ण परिवार सबैमा अनुरोध गर्दछौ । त्यसका लागि खालिद सिमेन्ट कम्पनी कतारमा कार्यरत नेपाली परिवार सनैया ४१ मा रहेको ५५००७४३९ तथा ५५९८१९९३ मा संपर्क गर्न सक्ने अर्घाखाँची डट्कम् मध्यपुर्व स्थित यूएई कार्यालयमा प्राप्त समाचारमा जनाएको छ ।

 


images

images



images

Nepal life insurance