होला गोप्य पनि:योग गुरु रामदेवलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विराटनगरमा

Nepal Prime Minister Madhav Kumar Nepal welcomed by Yoga guru Swami Ramdev for the inauguration of the Patanjali Yog Peeth at Dhulikhel. Photo: PTI

 

योग गुरु रामदेव विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार दिउँसो विराटनगर आइपुगेका छन्। बाबा रामदेवको स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार र आपूर्ति मन्त्री राजेन्द्र महतो विराटनगर पुगेका छन्।

रानीस्थित जुद्ध मैच फैक्ट्रीको किनिएको जग्गामा पतञ्जली योग पिठ आश्रम निर्माणका लागि उनी अहिले भूमि पुजन गर्दैछन्।


सीमावर्ती शहर अररियाबाट स्थलमार्ग हुँदै विराटनगर आएका बाबा रामदेवलाई स्वागत गर्न सयौंको संख्यामा विराटनगरवासी सीमावर्ती जोगबनी नाका पुगेका थिए।

स्थानीय दाताहरुले जुटाइदिएको जग्गा अस्वीकार गर्दै रामदेवका नेपाल संयोजक शालीग्राम सिंहले बुधवार मात्रै खरिद गरेको जुद्ध मैच फैक्ट्रीको जग्गामा भूमि पुजन गरिएको हो। केसलिया नदी किनारमा स्थानीय दाताहरुले दान गरेको जग्गामा भूमिपुजन हुने तयारी रहेपनि अन्तिम समयमा आश्रमका लागि पिठले अन्तै जग्गा खरिद गरेको हो।


बिहीबार साढे दुई घण्टा विराटनगरमा बिताउने बाबा रामदेवले जग्गा विवादकै कारण