सर्लाही – पूर्व युवराज पारस शाह शुक्रबार एक धार्मिक समारोहमा भाग लिन सर्लाही पुगेका छन् । जिल्लाको मदनपुरस्थित श्री महादेव रामसुकेश्वर बाल्मिकी आश्रममा आयोजित धार्मिक जपमा सहभागी हुन उनी हेलिकप्टरबाट यहाँ आएका हुन् । उनी चितवनबाट सर्लाही आएको सुरक्षा निकायले जनाएको छ ।
राजावादीहरु पूर्व गृह सहायकमन्त्री सोनेलाल राय,मलंगवाका पूर्व मेयर प्रेम श्रेष्ठ लगायतका व्यक्तिहरु पारसको कार्यक्रम व्यवस्थापनमा सक्रिय छन् । पूर्व राजपरिवार बाट पहिलो व्यक्ति जिल्ला आएकाले उनलाई हेर्न पनि मानिसहरुको भीड लागेको छ ।



