मेक्सिकोको क्यानकुन शहरमा भैरहेको संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनमा हरित गृह ग्यास उत्सर्जनको कटौतीको सम्बन्धमा औद्योगिक राष्ट्रहरुविच पूर्ण सहमति जुटन नसकेको बताइएको छ।
यद्यपी सम्मेलनले जलवायु परिवर्तनका कारण विश्वमा देखिएको प्राकृतिक विपत्तिसँग जुध्नको लागि भने केही विषयमा औद्योगिक राष्ट्रहरु सहमत बनेका छन्। सो सम्मेलनमा विभिन्न देशमा प्रतिनिधीहरुले ग्रीन क्लाइमेट फ48ड अर्थात हरित जलवायु कोषको स्थापना गर्ने प्रस्तावमाथि सहमति जनाएका छन्।
सो कोषमा जलवायु परिवर्तनका कारण अनावश्यक भार झेल्दै आएका विकाशिल देशहरुलाइ सहयोग गर्ने योजना रहेको छ। नेपाल लगायत थुप्रै विकाशिल देशहरुले औद्योगिक राष्ट्रहरुले गर्ने कार्वन उत्सर्जनका कारण पर्यावरणीय संकटको सामना गर्दै आएका छन्।