अमेरिकी विदेश मन्त्रीद्वारा प्यालेष्टाइन र इजरेललाई केन्द्रीय विषयबारे वार्ता गर्न ताकिता

अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले हिजो प्यालेष्टाइन र इजरेललाई मध्य पूर्वी क्षेत्रको शान्ति प्रक्रियाको केन्द्रीय विषयबारे वार्ता गर्न ताकिता लगाउनुभयो।

                विदेशमन्त्री हिलारी क्लिन्टनले हिजै वाशिङ्टनमा आयोजित एउटा मञ्चमा उक्त कुरा वताउनुभएको हो। उहाँले मध्य पूर्वको शान्ति प्रक्रिया अघि बढाउने क्रममा अमेरिका विफल भएको स्वीकार गर्नुका साथै मध्य-पूर्वको शान्ति प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउने वचन दिनुभयो।

                अमेरिकाले विभिन्न पक्षलाई सम्बन्धित पक्षलाई तुरुन्तै सदिच्छा देखाएर सीमावर्ती क्षेत्र, सुरक्षा, शरणार्थी, आबास क्षेत्र तथा जेरुसलमलगायत केन्द्रीय विषयमा तिनीहरुको अडान स्पष्ट पार्न ताकिता लगाउने कुरा पनि श्रीमती हिलारी क्लिन्टनले बताउनुभयो।