जाडो मौसम शरीरका लागि लाभदायक मानिन्छ। यो मौसममा शरीरको रोगसँग लड्ने क्षमता बढ्छ। यो मौसम रोमाञ्चक पनि हुन्छ तर चिसोले छाला बिगार्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ। जाडोमा गरिने पार्टी तथा मोजमस्तीमा सहभागी भएर रमाउन चाहनेहरूलाई छाला सुख्खा हुनुका साथै अनुहारको चमक उडेर जाने डर हुन्छ। यस्तो बेला न त रमाइलो छोड्न सकिन्छ न छालाको बेवास्ता गर्नु उचित हुन्छ। यदि यस्तो बेलामा के गर्ने भन्ने द्विविधा छ भने निम्न कुरामा ध्यान दिई जाडोको आनन्द उठाउन सकिन्छ।
छालाको टेक्चर ः जाडोमा छालाको रंग फुङ्ग उडेर जाने तथा सुख्खापन आउने हुन्छ। त्यसैगरी छाला चिलाउने समस्या पनि बढी हुन्छ जसले गर्दा छालामा इन्फेक्सन देखिन्छ। महँगो क्रिम प्रयोग गर्दा पनि छालामा कुनै प्रकारको परिवर्तन देखिएको छैन भने आफ्नो छालाको टेक्चर थाहा पाउनु आवश्यक छ। बजारमा पाइने विभिन्न क्रिममध्ये आफ्नो छालाको टेक्चर थाहा पाएर उपयुक्त क्रिम लिने हो भने छालाका अनेकौं समस्या आफैं समाधान हुन सक्छन्।
राम्रो रोजाइ, राम्रो छाला ः जाडोमा अल्कोहल र मिनरल आयल भएको क्रिम प्रयोग गर्नु उपयुक्त नहुन सक्छ। यस्ता क्रिम प्रयोग गर्दा छाला उज्यालो देखिए पनि फाइदाजनक हुँदैनन्। छाला प्राकृतिक एवं चम्किलो देखाउन प्राकृतिक क्रिम प्रयोग गर्नुपर्छ। जाडोमा भरसक भिटामीन ई भएको क्रिम प्रयोग गर्नु राम्रो हुन्छ। ब्युटिसियनहरूका अनुसार सामान्य छालाका लागि नारसिङ क्रिमलाई पनि मोस्चराइजर जसरी प्रयोग गर्न सकिन्छ। यसलाई लगाएपछि मसाज गर्नु आवश्यक छ। त्यसैगरी जाडो मौसममा प्रयोग गरिने हिटरले चिल्लोपन सोसेर छालालाई सुख्खा बनाउँछ। कतिपय कोल्ड क्रिममा अल्कोहल तथा हानिकारक रसायन मिसाइएको हुन्छ। यस्ता क्रिम लगाउँदा छालालाई कुनै फाइदा हुँदैन। त्यसैले प्राकृतिक अथवा केमिकल कम भएको क्रिम रोज्नुपर्छ।
स्नान ः जाडो मौसममा नुहाउनुअघि पि्रबाथ क्रिम प्रयोग गर्नुपर्छ। यसले छालाको नरमपनलाई बचाउँछ। भरसक मनतातो पानीले नुहाउनु राम्रो हुन्छ। नुहाएपछि कोल्ड क्रिम प्रयोग गर्नुपर्छ।
ओठको स्याहार ः जाडो मौसममा अनुहारसँगै ओठको हेरविचार गर्नु पनि आवश्यक छ। ओठको छाला ज्यादै कोमल हुन्छ जसले गर्दा यो छिट्टै सुख्खा हुने र फुट्ने गर्छ। ओठको सुख्खापन कम गर्न पेट्रोलियम जेलीले ओठको मसाज गर्नुपर्छ अथवा अनुहारमा कोल्ड क्रिम प्रयोग गर्दा ओठमा पनि लाउन सकिन्छ। ओठको कलेटीका पाप्रालाई हातले निकाल्नुहुँदैन। यसमा कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ।
घामबाट टाढा ः जाडोमा घाम प्यारो हुन्छ। घामले हाम्रो छालाको नरमपन हटाएर सुख्खा बनाइदिन्छ। धेरैजसो मानिस जाडोमा सनस्त्रिmम प्रयोग गर्दैनन्। जाडोको घामले पनि छालामा गर्मीसरह नै असर गर्छ। त्यसैले घाममा बाहिर निस्कँदा सनक्रिम प्रयोग गर्नु राम्रो हुन्छ। जाडो तथा गर्मी मौसमका लागि प्रयोग गरिने सनक्रिम भने फरक हुन्छन्।
आँखाको स्याहार ः जाडो मौसममा आँखा वरिपरि छालाको नरमपन कम हुन्छ र त्यसमा चाउरी पनि पर्न सक्छ। त्यसैले आँखा वरिपरिको छालामा अरू ठाउँमा भन्दा क्रिम बढी प्रयोग गर्नुपर्छ र केही समयपछि कपासको सहयोगले हटाउनुपर्छ।
आवश्यक कुरा
नुहाउँदा वा हात धँुदा साबुन अथवा जेलको साटो क्लिन्जर प्रयोग गर्नु उचित हुन्छ। साबुन अथवा जेलमा बढी मात्रामा केमिकल प्रयोग गरिएको हुन्छ जसले छालालाई सुख्खा बनाउँछ।
जाडो मौसममा दिनहुँ २-३ लिटर पानी पिउनुपर्छ। आयुर्वेदका अनुसार चिसो पानीभन्दा मनतातो पानी पिउनु बढी फाइदाजनक हुन्छ।
जाडोमा शरीरको छालामा हुने सुख्खापन कम गर्न मालिसको सहयोग लिन सकिन्छ। मालिस गर्दा बदाम अथवा तोरीको तेल प्रयोग गर्नु राम्रो हुन्छ। त्यसैगरी राम्रो कोल्ड क्रिम पनि मालिसका रूपमा प्रयोग गर्न सकिन्छ।
चर्को घाममा धेरै बस्नुहुँदैन।
पानीमा चमेली अथवा गुलाबजल हालेर नुहाउँदा छालामा सकारात्मक प्रभाव पर्छ।
जाडो मौसममा नियमित रूपमा पेडिक्योर तथा मेडिक्योर गर्नुपर्छ।
बेहुलीका लागि इमर्जेन्सी कीट
वार्डरोबका सरसामान
मिनी सिलाइ कीट -सियो, बटन, बेडिङ ड्रेससित मेल खाने धागो, टेप आदि)
सानो कैंची
फेबि्रक स्टेन रिमुभर
सेफ्टी पिन्स तथा स्ट्रेट पिन
स्टकिङ र लिङगरिजको एक्स्ट्रा पेयर
आउटफिट लुज भए तिनलाई फिट गर्न टु साइडेड हलिउड टेप
क्विक ड्राइङ ग्लु-सु वा स्यान्डलको हिल जोड्नका लागि
फल्याट फुटवेयरको एक्स्ट्रा पेयर
मेकअप तथा हेयरका सरसामान
लिपिस्टिक, लिपग्लस र मिररयुक्त कम्प्याक्ट
मेकअप ब्लटिङ पेपर जस्तै क्लीन र क्लियर ओयल एब्जर्बिङ सीट
हेयर ड्रायर, एक्स्ट्रा हेयर पिन्स तथा हेयर इलास्टिक्स
काइँयो र ब्रस
नेल फाइलर, नेल ग्लु, नेलपोलिस रिमुभर तथा बेकिङ ड्रेससित मेल खाने नेलपोलिस
आइमेकअप सफा गर्नका लागि कटन बल्स
हेयर स्टाइललाई सेट गर्ने हेयर स्प्रे
रुमाल तथा टिस्यु पेपर
बेबी पाउडर
इयररिङस पछाडि प्रयोग हुने स्क्रु
टुथपिक्स र डेन्टल फ्ल्स स्टिक्स
बे्रथ मिन्ट, चुइङगम, माउथ प|mेसनर तथा ब्रेथ प|mेसनिङ स्टि्रप्स
मेडिकल किट
यदि आँखामा लेन्स प्रयोग गरिएको छ भने कन्टेक्ट लेन्स सोलुसन आफूसित राख्नुपर्छ।
आँखाको रेडनेस र जलन कम गर्न मोस्चराइजिङ आई ड्रप्स
हात सफा राख्न टिस्यु
पेनकिलर तथा एन्टी एलर्जिक औषधिहरू
ब्यान्ड एड, इनो, टाउको तथा पेटको पीडा कम गर्ने एवं ज्वरोको औषधि
टेम्पुस र सेनेटरी नेपकिन
एन्टिसिङ तथा मिन्ट।
एक्स्ट्रा सरसामान
सेलफोन र त्यसको चार्जर
आवश्यक फोन नम्बरहरू
डिजिटल क्यामेरा
क्यामेराको एक्स्ट्रा ब्याट्री
रिस्टवाच
कलम र नोटबुक
ड्राइभिङ लाइसेन्स, नागरिकता तथा तस्बिर सहितकोे परिचय पत्र
आवश्यकताअनुसार कानुनी कागजपत्र।
जाडो मौसममा छालाको हेरचाह
जाडो मौसमको सुरुवातसँगै छालाको प्रकारमा पनि परिवर्तन हुन थाल्छ। यस बेलामा तैलीय छाला परिवर्तन भएर साधारणमा तथा साधारण छाला परिवर्तन भएर सुख्खा हुन्छ। यसरी बढी सुख्खा भए छाला फुस्रो देखिनुका साथै चाउरीपन देखा पर्छ । जसले गर्दा उमेर नपुग्दै बूढोजस्तो देखिन थालिन्छ। त्यसैले समयमै आफ्नो अनुहारको स्याहार गर्नुपर्छ। विशेष गरी जाडो महिनामा चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु आदि छाला बिग्रनुका प्रमुख कारण हुन्। यसकारण जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपाय अपनाउनुपर्छ।
बदामको बोक्रालाई सुकाएर पिस्ने र त्यसमा एक-एक चम्चा बेसार, बेसन, चिया दही तथा मह मिसाएर पेस्ट बनाई लगाउँदा अनुहारमा भएको चाउरीपन हट्नुका साथै चमक पैदा हुन्छ।
गहुँको रोटीलाई उमालेकोे दूधमा भिजाएर लेप बनाउने र अनुहारमा लगाउने। १० मिनेटपछि चिसो पानी अथवा दूधले भिजाउने अनि ५ मिनेटजति मसाज गर्ने। त्यसपछि सफा पानीले पखाल्ने। सातामा एकपटक यो विधि अपनाउँदा छाला नरम एवं चम्किलो हुन्छ।
यदि छाला चाउरी परेको र सुख्खा छ भने पाकेको केराको गुदी सातामा २-३ पटक लगाउने वा त्यसले मसाज गर्ने। यसो गर्नाले अनुहारको छाला नरम हुनुका साथै चाउरी पर्न रोकिन्छ।
तुलसीको पातको रस, दूध र घिउकुमारी मिसाएर दिनहुँ प्रयोग गर्नाले चायाँ-पोतो कम हुन्छ।
अनुहार घामले डढेको छ भने सुन्तलाको बोक्राको धूलो, बेसन तथा कागतीको रसलाई काँचो दूधमा मिसाएर पेस्ट बनाउने। सातामा दुईपटक अनुहारमा लगाएर १५-२० मिनेटसम्म राख्ने। यसो गर्नाले अनुहार सेतो हुन्छ।
हामी अनेक प्रकारका कस्मेटिक प्रयोग गर्छौं साथै छालाको टि्रटमेन्ट पनि गराउँछौं। यी सबै किसिमका कस्मेटिकको राम्रो पहिचान भएन वा उचित तरिकाले प्रयोग गर्न सकिएन भने अनुहार कुरूप पनि हुन सक्छ। त्यसैले अनुहारका लागि छाला सुहाउँदो क्रिम प्रयोग गर्नुपर्छ। यसका लागि दक्ष ब्युटिसियनको सल्लाह लिन सकिन्छ। मेकअपका साथै खानपिनमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ। सन्तुलित आहार खाने, पानी प्रशस्त पिउने, हरियो तरकारी, फलफूल, ताजा जुस, उमि्रएका गेडागुडी, दूध-दही एवं मोहीका साथै भिटामिन सी र भिटामिन ईयुक्त खानेकुरा बढी सेवन गर्दा छालालाई फाइदा पुग्छ।
सुन्दर खुट्टाका लागि
खुट्टा शरीरको सम्पूर्ण तौल उठाउँदा-उठाउँदा थाक्छ तर अध



