काठमाडौं – काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङहरुले पनि ल्होछार मनाउने तयारी गरेका छन् । त्यसका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष कुम्मराज गुरुङको संयोजकत्वमा १०१ सदस्यीय तमू ल्होछार मूल आयोजक समिति गठन गरेको छ ।
पुस १५ गते भव्यताका साथ मनाइने ल्होछार चाडको तयारीका लागि गुरुङहरुले क्या. गणेशबहादुर तमू, तमू मक्ति मोर्चा, अकला तमू, लोकतान्त्रिक तमू, प्रजातान्त्रिक तमू संघ सहसंयोजक रहेको मूल आयोजक समितिमा नरेन्द्रकुमार गुरुङ महासचिव हुनुहुन्छ । समितिमा पृथ्वीमान गुरुङ सचिव, गोलमान गुरुङ कोषाध्यक्ष र सीआई टेकबहादुर तमू सहकोषाध्यक्ष हुनुहुन्छ ।
ल्होछारलाई व्यवस्थित र पारदर्शी बनाउन डीबी गुरुङको संयोजकत्वमा निर्देशन तथा अनुगमन समिति गठन गरेको छ । त्यस्तै, प्राज्ञिक क्रियाकलाप, आर्थिक, लोकदोहोरी, प्रचारप्रसार, खेलकुद, खानेपानी, विजुली, स्वयंसेवक लगायतका उपसमितिहरु गठन भएका छन् ।