टिपी माजेम्वे फिफा क्लव वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकन क्लव बनेको छ। कंगोको क्लव माजेम्वेले दुवइमा जारी क्लव वर्ल्ड कप दुई हजार दशको सेमिफाइनलमा ब्राजिलियन क्लव इन्टर नासियोनललाई दुई शुन्यले हराउँदै फाइनलमा ठाउँ पक्का गर्यो।
खेलको पहिलो हाफ गोलरहित बरावरीमा सकिएपछि दोस्रो हाफको आठौं मिनेटमा मौलेटाले माजेम्बेको खाता खोलेका थिए। यसपछि खेल सकिन पाँच मिनेट बाँकी छँदा कुलुटुकले थप एक गोल गर्दै चार पटकको अफ्रिकन च्याम्पियन माजेम्वेको जित पक्का गरे। जितसँग माजेम्बे युरोप र दक्षिण अमेरिकी राष्ट्र बाहेकका अन्य राष्ट्रबाट क्लव वर्ल्ड कपको फाइनलमा पुग्ने पहिलो राष्ट्र पनि बन्न सफल भएको छ।