अर्घाखाँचीको रजस्थल मावि अर्घाको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

अर्घा, अर्घाखाँची – अर्घाखाँची जिल्लाको अर्घा रजस्थल मावि अर्घाको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 

कार्यक्रममा मन्तव्य राख्दै माओवादी केन्द्रीय सल्लाहकार राजु नेपालीले शिक्षामा भएको व्यापारीकरण अन्त्य हुनुपर्ने बताउँदै ग्रामीण क्षेत्रमा संचालित सरकारी विद्यालयको क्षमता वृद्धिको लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रायमाझीको अध्यक्षता र छविलाल चुँदालीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका झविन्द्र खड्का नेकपा एमालेका शरत भुसाल राष्ट्रिय जनमोर्चाका भीमलाल आचार्य, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष मधु क्षेत्री जिल्ला शिक्षा कार्यालयका उपसचिव नरेन्द्र बेलबासे लगायतका वक्ताहरुले ग्रामीण क्षेत्रमा संचालित यस विद्यालयले पु-याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

 

विद्यालयका प्रधानाध्यापक सालिकराम भुसालले आयव्यय विवरण प्रस्तुत गरेको कार्यक्रममा शैक्षिक तथा अतिरिक्त कि्रयाकलापमा विजयी छात्रछात्राहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

 

यसैगरी जोगीमारे प्राथमिक विद्यालय डिभर्ना अर्घाखाँचीले सेवा निवृत्त प्रधानाध्यापक खिमबहादुर क्षेत्रीलाई एक कार्यक्रमका बीच विदाइ गरेको छ ।

 

३४ वर्षसम्म शिक्षण पेशामा संलग्न रहेर सेवा गर्दै आएका शिक्षक क्षेत्रीलाई फूलमाला लगाई दोसल्ला ओडाएर विदाइ गरिएको थियो । विदाइ कार्यक्रममा मन्तव्य राख्ने वत्ताहरुले सेवा निवृत्त शिक्षक क्षेत्रीले शैक्षिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा फस्रराम जिसी डेगबहादुर श्रेष्ठ खगेश्वर केसी छविलाल आचार्य लक्ष्मी पोख्रेल झुमा श्रेष्ठ विष्णु बाजाडे र सेवा निवृत्त शिक्षक खिमबहादुर क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।



images

images

images

Nepal life insurance