मास्टर ब्लाष्टर सचिन तेण्डुलकरको टेष्ट क्रिकेटमा पचासौं सतक पूरा

मास्टर ब्लाष्टर सचिन तेण्डुलकरले टेष्ट क्रिकेटमा पचासौं सतक पूरा गरेका छन्। दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको चौथो दिन दोस्रो इनिङमा सतक प्रहार गर्दै भारतीय व्याट्सम्यान तेण्डुलकरले टेष्ट सतक संख्या पचास पुर्‍याएका छन्।

 

तेण्डुलकरपटि अष्ट्रेलियन कप्तान रिकि पोन्टीङको नाममा सर्वाधिक उनानचालिस टेष्ट सतकको रेकर्ड छ। यसै इनिङमा ३७ वर्षीय तेण्डुलकरले चौध हजार पाँच सय टेष्ट रन पनि पूरा गरेका छन्।