अर्घाखाँचीको खाचिकोटमा जिप दुर्घटना/१ को मृत्‍यु/२० यात्रु घाइते/घाइते ६ जनाको अवस्था गम्भिर


 

अखाँटा यूएई डेस्क-अर्घाखाँचीको खाचिकोटमा जिप दुर्घटना हुँदा जिपमा सवार १ यात्रुको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा २० यात्रु घाइते भएका छन।दुर्घटनामा घाइते ६ को अबस्था गम्भिर छ।

धारापानीबाट बुटवलका लागि छुटेको लु१ज १४५३ नम्बरको जीप नरपानी नजिक खाँचिकोट वाड नम्बरं ९ को बागमारा भन्ने स्थानमा आज बिहान नेपालको समय अनुसार ८ तिस बजे देखी ९ बजे बिच मा दुर्घटना ग्रस्त भएको हो।


घाइते हुनेमा अधिकांश ढिकुरा गा.वि.स.का परेका छन।जीप सडक बाट करिव १५० मिटर तल खसेको थियो।जिप को एक्सेल मा खराबी भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।


दुर्घटनामा परी घटना स्थलमा मृत्‍यु हुनेमा ढिकुरा गाविसका तेज बहादुर रायमाझी रहेका छन भने अन्य घाइतेहरुको नामावली प्राप्त हुन सकेको छैन ।


घाइते भएका केही सामान्य उपचार पछी घर फर्केका छन भने गम्भिर घाइते भएका अन्यको बुटवल अञ्चल अस्पताल,भैरहवा मेडीकल कलेज तथा घाइते अन्य १ जनालाई भने काठमान्डौ रिफर गरिएको छ।


images



images

images

Nepal life insurance