उखुको मूल्य बढाउनु पर्ने माग गर्दै सर्लाहीका किसानहरुले पूर्व पश्चिम राजमार्ग अबरुद्ध

सर्लाही – उखुको मूल्य बढाउनु पर्ने माग गर्दै किसानले बिहीबार सर्लाहीको हरिऔनमा एक घण्टा पूर्व पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।

गतबर्ष कायम मूल्य भन्दा प्रतिक्विण्टल १ सय १ रुपैयाँ घटाएर यसबर्ष चिनी उद्योगले उखु किन्ने प्रस्ताब गरेपछि किसान आन्दोलनमा उत्रिएका हुन् । हातमा उखुको लाँक्रा बोकेर गाउँ गाउँबाट उखु किसान आन्दोलन सफल पार्न सडकमा आएका थिए । उखु किसानले गरेको जामका कारण सड्कमा सयौं सवारी रोकिएका थिए ।

पुस १ गतेदेखि जारी पहिलो चरणको आन्दोलन बिहीबार मध्यान्ह १२ बजेदेखि एक घण्टासम्म राजमार्ग जाम गरेपछि टुंगिएको छ । पहिलो चरणको आन्दोलनको समिक्षा गरेर दोस्रो चरणको अँन्दोलन घोषणा गरिने किसान नेताले जनाएका छन् ।

किसानले यसबर्ष न्यूनतम् प्रति क्विण्टल उखुको ४ सय २१ रुपैयाँ कामय गरेर तत्काल मिल चलाउनु पर्ने माग राखेका छन् । किसानको माग सम्बन्धमा सरकार र उद्योगको ध्यानाकर्षण गराउन बाध्यभएर आन्दोलन गर्नुपरेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।