अख्तियारद्वारा जहाज खरिदका लागि एयर बसलाई दिएको बैनामा अनियमितता गरेको भन्दै वायु सेवा निगमका कार्यकारी अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जहाज खरिदका लागि एयर बसलाई दिएको बैनामा अनियमितता गरेको भन्दै वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंशाकारविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले वायु सेवा निगमका कार्यकारी अध्यक्ष कंशाकारसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले कंशाकारसहित महाप्रबन्धक राजु केसी, गणेश ठाकु, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, मयुरशमसेर राणा र केशवराज शर्माविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले कंशाकारलाई बिगो बापतको ५ करोड ७३ लाख रुपैयाँ बैना व्याजसहित लिन र १० बर्ष जेल सजाय दिन माग गरेको छ । साथै सरकारी उच्च पदमा रहेको व्यक्ति भएकाले उनलाई भ्रष्टाष्टार निवारण ऐन २०५८ अनुसार थप ३ वर्ष जेल सजाय माग गरिएको छ ।

जहाज खरिद गर्ने प्रतिबद्धतास्वरुप कात्तिक दोस्रो साता फ्रान्सको पेरिसस्थित एक बैंक खातामा ७ लाख ५० हजार अमेरिकी डलर पठाइएको थियो ।

निगम व्यवस्थापनले एयरबससँग सानो आकार (न्यारो बडी) को ए ३२० र ठूलो आकारको (वाइड बडी) ए ३३० खरिद गर्ने त्यसको दुई साताअघि निर्णय गरेको थियो ।