मुम्बई – भारतीय संचारमाध्यमहरुले जनाए अनुसार भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले शाहरुख खानको फिल्म ‘रा वन’को सुटिङस्थल अवलोकन गरेका छन्। बुधबार साँझ उनले मुम्बईमा फिल्मका कलाकार शाहरुख र सम्पूर्ण प्राविधिकसँग भलाकुसारी समेत गरे। सुटिङमा करिना कपुरलाई भेट्न पाएकोमा उनी निकै खुसी भए। रुसमा करिनाका हजुरबुबा राज कपुर निकै लोकप्रिय थिए। त्यही भएर दिमित्री राज कपुरका नातिनी करिना र नाति रणवीर कपुर भेट्न चाहन्थे। तर, दिल्लीमा रहेका रणवीरसँग उनको भेट हुन पाएन। दिमित्रीले आफूलाई राज कपुरका फ्यान बताए।
रुसमा राज कपुरका ‘अवारा’ र ‘श्री ४२०’ एकदम हिट भएका थिए। ती फिल्मका गीत अहिले पनि मस्कोका रेस्टुरेन्टमा सुन्न पाइन्छन्।
सुटिङ यशराज स्टुडियोमा भइरहेको थियो। त्यसैले निर्माता निर्देशक यश चोपडासँग पनि दिमित्रीको भेट भयो।
रुसमा हिन्दी फिल्मका फ्यान प्रशस्त भएकाले भविष्यमा भारत र रुसबीच फिल्मको क्षेत्रमा पनि सहकार्य हुनुपर्ने आवश्यकता दिमित्रीले औँलाएका छन्।
सुटिङमा बिताएका ३० मिनेटको अवधिमा उनले एकताका रुसमा हिन्दी फिल्मको निकै माग रहेको बताए। भारत र रुसको संयुक्त प्रस्तुति रहेको फिल्म ‘इन्डियन’, जसमा पन्ची बोरा र रुसी कलाकारको अभिनय छ, ले रुसमा राम्रो व्यापार गरिरहेको रिपोर्ट पनि उनले सुनाए।
‘भारतमा बनेका चम्किला, मौलिक र सांस्कृतिक फिल्म रुसीहरूले मन पराउँछन्, ती फिल्ममा देखाइएका प्रतीकहरू बु