कपिलवस्तु – प्राप्त समाचार अनुसार कपिलवस्तु जिल्लाको बहादुरगंज गाबिस-५ स्थित सिद्धार्थ एसिटिलिनमा कार्बन डाईअक्र्साईड ग्यास उद्योगमा शनिबार साँझ ग्यास पड्किंदा ३ जना गम्भीर घाईते भएका छन् ।
सिलिण्डरमा ग्यास भर्ने क्रममा ग्यास चुहिएर पड्किंदा घटना भएको हो । कम्पनीमा काम गर्ने कामदारहरुले सिलिण्डरमा ग्यास भर्ने क्रममा हाई प्रेसर भई ग्यास पडकिएको इलाका प्रहरी कार्यालय, बहादुरजंगका नायब निरिक्षक माधब रिजालले बताए ।
घटनामा उद्योगका मजदुर जिल्लाको बहादुरगंज गाबिस-७ का मायाराम चमार, मानपुर गबिस-१ का मंगरे रैदास र भारत मथुराका दिगम्बर चौधरी गंभीर घाईते भएका छन् ।
दुई सिलिण्डर पडकिएको आबाज सुनिएको प्रहरी उपरीक्षक शरद चन्दले बताए । उद्योगमा अझै ४० भन्दा बढी सिलिण्डर रहेको छ । घाईतेको प्रारम्भिक उपचार शिबराज अस्पताल, बहादुरगञ्जमा भईरहेको छ ।
थप घट्ना हुन सक्ने आशंकामा कृष्णनगर-चन्द्रौटा सडक खण्डसंग उद्योग जोडिएका कारण अहिले उक्त बाटोमा पनि प्रहरीले आबतजाबतमा रोक लगाएको छ । आगलागी नियन्त्रण गर्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जिल्लाका ३ बटा दमकल बिग्रिए पछि भैरहबाबाट दमकल मगाईएको छ ।



