आज २५ डिसेम्बर अर्थात इसाइ धर्मका प्रणेता जिसस क्राइष्ट जन्मिएको दिन। जसलाई क्रिश्चियन धर्मालम्बिहरु क्रिसमश डे अर्थात् मेरी क्रिसमशका रुपमा मनाउने गर्दछन्। यो पर्वमा शुभकामना तथा उपहार साटासाट गर्ने चलन रहेको छ।
क्रिश्चियन धर्मका प्रणेता जिसस क्राइष्टको जन्म दिनको अवसर पारेर २ हजार १० बर्षदेखि यो पर्व मनाउन थालिएको हो। जिसस क्राइिष्टको जन्म कुमारी आमा मेरीको कोखबाट २५ डिसेम्बरमा भएको थियो। इजरायलस्थित जेरुसेलमको वेथलहेममा उनको जन्म भएको थियो। संसारका सृष्टिकर्ता प्रभुले पृथ्वीमा अर्धम र पापीहरुको संख्या बढ्दै गएको भन्दै उनीहरुको बिनास गर्न र आफ्ना अनुयायीलाई पापबाट मुक्त गराउन सन्देशबहाकका रुपमा क्राइष्टको जन्म भएको बाइबलमा उल्लेख भएको पाइन्छ। क्रिश्यिन धर्मालम्बीहरु उनको जन्म दिन विशेष कार्यक्रमको आयोजना गरि मनाउने गर्दछन्। यस अवसरमा क्रिशमस टि्र बनाइ सजाउने, घरघरमा बत्ति बाल्ने,, घर तथा पसललाई बिशेष तरिकाले सिगार्ने गरिएको छ। क्रिशमशको अवसरमा साझपखदेखि नै घरमा पारिवारिक भेटघाट गर्ने तथा एक आपसमा शुभकामना आदानप्रदान गर्ने र उपहार आदानप्रदान गर्ने समेत चलन रहिआएको छ।
पश्चिमा देशहरुमा क्रिशमसका अवसरमा लामो बिदा दिइन्छ। तर नेपालमा समेत पछिल्ला बर्षहरुमा गैरक्रिश्चियनले पनि यसलाई सहज रुपमा अंगिकार गर्दै आएका छन्। क्रिशमशकै अवसरमा राजधानीका पसलहरु, सपिङ्ग मल, होटल तथा क्याफेहरु रिगारिएका छन्। २०६३ मा तत्कालिन व्यवस्थापिका संसदको बैठकले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा घोषणा गरेपछि यस पर्वले थप ब्यापकता पाएको छ। त्यसपछि डिसेम्बर २५ लाई राष्ट्रिय विदाको मान्यता दिदै सार्बजनिक विदा समेत दिन थालिएको छ।
यसैबीच मेरी क्रिसमसको अवसरमा क्रिश्चियन धर्मावलम्वीले हिजो बेलुकी क्रिश्चियन इभ धुमधामका साथ मनाए। देशका विभिन्न ठाउँमा रहेका चर्ज र क्रिश्चियत बहुल्य भएका ठाउँमा क्रिश्चियन इभको रौनक बेग्लै थियो। काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा विभिन्न व्या48डहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
नेपालमा रहेका पश्चिमा पर्यटकहरु इभमा झुमेका थिए। विभिन्न व्यापारिक केन्द्र अगाडि क्रिसमस ट्री सजाएर राखिएको छ।