अर्जुन दाहाल,
२५ डिसेम्बर २०१०, दुबई – नेपाली समाज यूएईको निर्वाचन २०११ जनवरी २८ मा हुने भएको छ । निर्वाचन सम्बन्धी छलफल गरी यसका प्रावधान तयार पार्न हिजो शुक्रबार बरदुबई स्थित एभरेष्ट इन्टरनेशनल होटलमा सम्पन्न भेलाले सो मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई म्यान्डेट दिएको छ ।

निर्वाचन समितिका संयोजक शंकर ज्ञवालीले निर्वाचन सम्बन्धी आचार संहिता प्रस्तुत गरेका थिए । आचार संहितामा उल्लेख बुदाँहरू बुदाँगत छलफल गरी भेलाले उठाएका बुदाँहरूलाई पनि थपघट गर्दै र्सवसम्मतले पारित गर्यो । नेपाली समाजमा आबद्ध तथा नयाँ संघसंस्थाहरूलाई संस्थाको विवरण पठाउने जानकारी गराएको र सो अनुसार हाल २२ वटा संस्थाको जानकारी प्राप्त भएको संयोजक ज्ञवालीले बताए । संस्थाको विवरण पठाउने म्याद समाप्त भइसकेकाले आउँदो निर्वाचनमा यिनै २२ वटा संस्थाहरूले मात्र भागलिन पाउने भएका छन् । भेलाले निर्वाचनमा भाग लिन पाउने पार्षसंख्या पनि तय गरेको छ । नेपाली समाजको आजिवन सदस्य र संस्थापक सदस्यहरू स्वतं पार्ष हुने प्रावधान रहेको छ । नेपाली समाजको आजीवन र संस्थापक गरी ५७ जना सदस्य रहेका छन् । यस्तै २२ वटा संस्थाहरूबाट १११ जना पार्षद हरूले निर्वाचनमा भागलिन पाउने भएकाछन् । जसअनुसार नेपाली समाजको निर्वाचन प्रतिनिधिहरू १६८ हुने छन् ।

नेपाली समाजको निर्वाचनमा नेपाली जनप्रगतिशिल मञ्च,नेपाली प्रवासी संघ,अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाज, तमू समाज, याक्थुम चुम्लुंगर्,र् इमिरेट्स नेवा पुःच, तामांग समाज, नेपाली मगर संघ, किराँत र्राई यायोक्खा, मुस्लिम फोरम फर कल्चर एण्ड डेभलपमेन्ट, लुम्बिनी वेलफेयर सोसाइटी र नागरिक सेवा समाज र प्रत्येकले छ/छ जना पार्ष् मनोनयन गर्न पाउने छन्।त्यस्तै गरी नेपाली महिला समाज,दुबई नेपाल जनकल्याण राहत प्रतिष्ठान,पथरी युवा समाज, सूदूर पश्चिमेली समाज, प्रवासी इलामेली समाज,पाँच पोखरी समूह र फेवा फोर्सले पाँच/पाँचजना पार्ष् मनोनयन गर्न पाउने छन् भने नेपाल हेल्पिङ हैण्ड सेन्टर प्वाइन्टले चार जना पार्ष मनोनयन गर्न पाउने छ ।
निर्वाचन सम्बन्धी आचार संहिता,निर्वाचन प्रक्रियाको बारेमा सबै संघसंस्थाहरूलाई पत्रचार गरेर जनकारी गराउने निर्वाचन समितिका संयोजक ज्ञवाली भेलालाई बताए ।
सो भेलामा नेपाली समाजका केन्द्रीय समतिकिा पदाधिकारीहरू,नेपाली समाजमा आबद्ध विभिन्न संघसस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरूको उपस्तिथिति रहेको थियो ।
तस्विर सौजन्य : लाल बहादुर ढेगां-प्रधान सम्पादक-नेपाली समाचार पाक्षिक