औद्योगिक व्यापार मेला शुरु
बुटवल – बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव शुरु भएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार महोत्सवको उद्घाटन गरे । सो अवसरमा उनले सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदैं प्रधानमन्त्री नेपालले अपराध नियन्त्रण गर्न सरकारले अभियान नै चलाइरहेको र त्यसमा सहयोग गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री नेपालले धम्की डर त्रासको भरमा कसैले पनि राज्यको कानुनलाई उल्लंघन गर्न नमिल्ने र कानुनको परिपालना गराउने दिशामा निजी क्षेत्र आमजनताको सहकार्यता जारी रहेको बताए । प्रधानमन्त्री नेपालले विकासका लागि शान्ति र संविधान जरुरी रहेको भन्दै त्यसका लागि सहमतिले सरकार गठन गर्नु अनिवार्य रहेको बताएका छन् । उनले विगतमा धेरै विषयमा सहमति भएपनि त्यसले सरकार गठन गर्नुको साटो कुरामा मात्रै सिमित बन्ने गरेको आंैल्याए ।
सो अवसरमा सिँचाइमन्त्री बालकृष्ण खाँणले रुपेन्देहीको विकासले मुलुककै अर्थतन्त्रलाई प्रभाव पार्ने भएकाले रुपेन्देहीमा छुट्याइएको बजेटलाई केवल जिल्लाको हकमा मात्रै हेर्न नहुने बतँए । उनले सन्तुलित विकासको अवधारणा अनुसार नै बजेट विनियोजन भएको जनाए ।
संविधानसभा संसदीय व्यवस्था संघीय मामिला तथा संस्कृति मन्त्री डा। मिनेन्द्र रिजालले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाटै आर्थिक विकास संभव हुने बतँए । उनले लुम्बिनी क्षेत्रको विकासका लागि बृहत बुद्ध परिक्रमालाई महत्व दिइएको जनाए ।
एमालेका सचिव तथा रुपेन्देही क्षेत्र नं ४ संविधान सभा सदस्य विष्णु पौडेलले विकासमा राजनीतिक संकिर्णता पाल्न नहुने बताए । उनले रुपेन्देहीको चौतर्फी विकासका लागि सबैको सहयोगको आवश्यकता समेत औंल्याए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले एक केन्द्रिय र पाँचवटा क्षेत्रीय प्रदर्शनी स्थलको माग गरे ।
आयोजक संस्थाका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षता र महासचिव कृष्णकुमार श्रेष्ठको संचालनमा भएको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रविर मालाकार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी संघका वरिष्ठ उपाध्यक्ष रोहितराज क्षँेत्रीलगायतले धारणा राखेका थिए । बुटवल मण्डपमा संचालन भएको महोत्सवमा ३ सय ५० स्टल राखिएका छन् । कृषि पेवेलियन आइटी डोम हस्तकलाका सामाग्री गार्मेन्ट लगायतका स्टलहरु राखिएको महोत्सव पौष २० सम्म चल्नेछ । महोत्सवमा राष्ट्रिय संग्राहलयका ऐतिहासिक तथा पुरातात्कि वस्तुहरु