कपिलवस्तु मेलामा ३ करोड भन्दा बढीको कारोबार /बुटवल महोत्सवले उत्पादन पवर्द्धनमा टेवा/चन्द्रमाबाट ल्याइएको ढुङ्गा हेर्ने आउनेको घुइचो

किरण पाण्डे – बुटवल सहयोगी


कपिलवस्तुमा नौं दिनसम्म चलेको महोत्सवमा करिब ३ करोड भन्दा बढीको कारोबार भएको छ । मेला अवधिभर २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सवका सहसंयोजक शंकरप्रसाद आचार्यले जानकारी दिए । कपिलवस्तुको बुद्ध रंगशालामा पौष ३ गतेदेखि शुरु भएको दोस्रो कपिलवस्तु महोत्सवको समापन समारोहमा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाले सम्वोधन गरेका थिए । उनले राजा शुद्धोधनको दरबार एवम् भगवान गौतम बुद्धले २९ वर्षब्यथित गरेको स्थल तिलौराकोट छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत हुने बताए । तिलौराकोट क्षेत्रको विकासका निम्ति चाँडोभन्दा चाँडो उत्खनन गर्न लागेको मन्त्री रिजालले बताए ।


डा.रिजालले कपिलवस्तुको विकासका निम्ति छुट्टै कपिलवस्तु विकास कोषको स्थापना गरेर नभई लुम्बिनी गुरु योजना अर्न्तर्गत समावेश गरेर कपिलवस्तुको विकासका निम्ति अगाडी बढनुपर्ने बताए ।


उक्त समारोहमा वरिष्ठ अतिथी समेत रहेका सभासद् दिपकुमार उपाध्यले समयमै संविधान बनाउनका निम्ति दलहरुका असहमतिलाई संविधान जारी पश्चात छलफल गर्ने गरी भएपनि समयमै संविधान जारी गर्नुपर्ने बताए । कार्यक्रम महोत्सव मूल समारोह समितिका संयोजक विष्णुप्रसाद न्यौपानेको अध्यक्षता, आयोजक संस्था घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष विश्राम प्रसाद था�को स्वागत, महोत्सवका उप�निर्देशक टोपनारायण बेल्बासेको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा चर्चित राष्टिय हाँस्य ब्यग्यकार जितु नेपाल, लोक गायिका शिला आलेलगायतले कार्यक्रम प्रस्तुत गरेका थिए ।


‘हाम्रो गौरव हाम्रो स्वाभिमान कपिलवस्तु महोत्वसव हाम्रो पहिचान’भन्ने मूल नाराका साथ संचालित दोस्रो कपिलवस्तु महोत्वसव कपिलवस्तु ब्यापार संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।


बुटवल महोत्सवले उत्पादन पवर्द्धनमा टेवा


बुटवल,११ पुस – औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन पवर्द्धनमा महोत्सवले उत्पादन पवर्द्धनमा टेवा पुगेको स्टल राखेका उद्योगी व्यवसायीले बताएका छन् ।


बुटवलमा जारी औद्योगिक मेलामा दर्शकहरुलाई अवलोकन र उत्पादक तथा वितरकहरु लाई आफ्ना उत्पादकको प्रदशन एंव बिक्री वितरण गर्न सजिलो भएका उनीहरुले बताएका हुन् ।


मेला तथा महोत्सवमा सूचना प्रविधि, नयाँ प्रविधि, वैकल्पिक उर्जा, खाद्य उद्योग, कृषि, खानापान तथा रेस्टुरेन्ट, वित्तिय संस्था, अटोलगायतका ११ वटा पेभिलियन बनाइएको छ । प्रकृति अनुसारका वस्तु तथा प्रविधि पेभिलियन अनुसार राख्दा दर्शक उपभोक्तालाई वस्तु तथा सेवाका सम्बन्धमा जानकारी लिन र खरिद गर्न सजिलो भएको छ ।


बुटवल उद्योग वाणिज्य संघको आयोजानामा शुक्रबारदेखि शुरु भएको मेला तथा महोत्सवमा चन्द्रमाको ढुगां  र विभिन्न पुरातात्विक वस्तुहरु एवं पशुपति नाथको मन्दिर आकर्षण बनेको छ ।


चन्द्रमाबाट ल्याइएको ढुङ्गा हेर्ने आउनेको घुइचो

 

काठमाडौं गएर पनि र्सवसाधारणले हेर्न नपाउने चन्द्रमाबाट ल्याइएको ढुङ्गा मेला तथा महोत्सवमा र्सवसाधारणले सहजरुपमा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । चन्द्रमाको ढुङ्गा सहितका पुरातात्विक वस्तुहरु मेला तथा प्रदशनीमा राख्दा दैनिक करिब एक दर्जन सुरक्षाकर्मीसहितको टोली सुरक्षाका लागि खटाउनु परेपनि त्यसप्रति सबैको आकर्षण देख्दा आयोजकमा उत्साह थपिएको मूल संयोजक शंकर श्रेष्ठले बताए ।

मेला तथा महोत्सवमा यस क्षेत्रमा विभिन्न जिल्ला र स्थानबाट शैक्षिक, कृषि तथा अन्य विभिन्न अवलोकन भ्रमणमा आएका टोली तथा विभिन्न देशका पर्यटकहरुले अवलोकन गरेका छन् ।


मेला तथा महोत्सवमा आज यस क्षेत्रका मत्स्य कृषक तथा व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम हुँदैछ । कार्यक्रम् मा मत्स्य विकास अधिकृत रविलाल शर्माले जलवायू परिवर्तन र मत्स्य विकास, मत्स्य विकास भैरहवाका प्रमुख प्रमोद रिजालले पश्चिमाञ्चल क्षेत्रमा मत्स्य विकासको अवस्था तथा चुनौती र मत्स्य विकास अधिकृत ज्ञाननिधि लोहोनी र रमानन्द कर्ुर्मीले स्थानिय तथा उन्नत माछाको अवस्था सम्बन्धमा कार्यक्रम प्रस्तुत गर्ने छन् ।