तमु ल्होसारको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले देशविदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन्।
तमु ल्होसारका अवसरमा आज दएको सन्देशमा प्रधानमन्त्री नेपालले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, भ्रातृत्व र मेलमिलाप अझ बढ्दै जाने विश्वास व्यक्त गर्दै मुलुकको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन तथा संविधान निर्माण गर्न सम्पूर्ण राजनीतिक पार्टी, विभिन्न सङ्घसंस्था तथा सम्पूर्ण नेपाली जनतालाई ल्होछार पर्वले सहमतिका साथ अघि बढ्न उत्प्रेरित र प्रोत्साहित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। रासस



