प्राप्त समाचार अनुसार नयाँ वर्ष सन् २०११ को अघिल्लो दिन नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसी पोखरा पुगेका छन्। २०११ लाई स्वागत गर्न पोखरा पुगेका राजदूत डेलसी दुई दिनपछि राजधानी फर्केन कार्यक्रम छ।
लेखनाथ नगरपालिकाको विजयपुरस्थित टाइगर माउन्टेन होटलमा उनी तीन पदाधीकारीसँगै बसेका छन्। राजदुत डेलिसी शुक्रबार बिहान पोखरा आएका हुन्। निजी भ्रमणमा आएका डेलिसी बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।
उनी आइतबार काठमाडौं फर्कने कार्यक्रम तय भएको सुरक्षा श्रोतले जनाएको छ। अहिलेसम्म पोखरामा उनको कुनै औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन।