काठमाडौ – नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन वर्ष २०११ का लागि विविध क्षेत्रमा विश्व कीर्तिमान राख्ने नौजना व्यक्तित्वलाई सद्भावना राजदूत बनाएको छ ।
पर्यटन बोर्डद्वारा तोकिएका सद्भावना दूतमा सबैभन्दा छोटो समय आठ घन्टा १० मिनेटमा सगरमाथा आरोहण गर्ने पेम्बादोर्जे सेर्पा, एक हातमा २१ वटा टेनिस बल राख्न सफल रोहित तिमिल्सिना, सबैभन्दा छोटो समयमा सङ्गीत सिर्जना गर्ने मथुरा श्रेष्ठ, कान्छा आरोही तेम्बाछिरी सेर्पा रहेका छन् ।
यसैगरी थानेश्वर गुरागाईं, प्रतिष्ठा अमात्य विष्ट, निमा गुम्बु सेर्पा, मिङमाछिरिङ सेर्पा र निमातेम्बा सेर्पालाई दूत तोकिएका छन् ।
पर्यटन बोर्डका निर्देशक नन्दनीलाछे थापाले शुक्रबार आयोजित कार्यक्रममा ती नौजनालाई प्रमणपत्र प्रदान गरेका थिए । रासस



