नेपाली दुतावास कुवेत माथि प्रश्नै प्रश्न,दुतावासकै कर्मचारीहरुको मिलेमतो म्यानपावर तस्करी सँग-राजन रिमाल

राजन रिमाल कुवेत


विश्र्वकोमान चित्रमा सानो देखीने कुवेत तेल खानीको मुल मानिन्छ । यहाँको मुद्रा पनि अरु देशको भन्दा ठुलो नै मानिन्छ र खाडिका मुलकहरुमा यो नै नेपालीका लागी मलिलो माटो संझन्छन । विगत २५ बर्ष देखि नेपालीहरुले दुख सुख्ख यहाँ काम गरी आफ्नो दैनिकी गुजारेकै हुन ।

 

जब नेपालीको संख्या दिनानु दिन बढ्दै जाँदा दुरदराजमा रहेको साउदि अरवले यो काम गर्न सकेन ।यहाँका संघ सस्था र बुध्दिजिविहरुको सहयोगमा तात्कालीन मन्त्रीहरु रामचन्द्र पौडेल, गिरिजा प्रशाद कोईराला,श्रम मन्त्री रमेश लेखक तथा दिपेन्द्र सरकार लाई बार बार पहल गरिदिन भनिएको र पछि २००९ मा  माउण्ट एभरेष्ट स्पोटिङ क्लवको सक्रियतामा हस्ताक्षर संकलन गरि यहाँ बाट प्रराष्टमन्त्रालयलाई निवेदन लेखी तात्कालिन सचिवलाई यहि पङतिकारले बुझाएको थियो । र सरकार बाट निवेदनलाई सहि मानेमा लिई त्यसैलाई कार्यन्वन गर्दै कुवेतमा राजदुतावास खोल्ने घोषणा गरेको थियो । त्यसै अनुरुप यहाँ दुतावास खोल्यो र माहामहिम राजदुत मधुवन पौडेललाई पहिलो राजदुतको रुपमा पठायो ।

 

१९७२ / २ /२५ मा कुवैत र नेपाल सरकारको दौत्य संबन्ध कायम भए पनि सुमधुर संबन्ध कायम हुन नसकेको अबस्था थियो किनकी  घरेलुकामदारको कारण बाट आपसी संबन्ध ओझेलमा परेको अबस्थामा दुई देशको संम्बन्ध विकास गरि  काम को शिलसिलामा कुवैत आई बेपत्ता हुनेहरुको खोजिनिति गरि (यानजी शेर्पा कृष्णा तामांग,लक्ष्मी तामंग,प्रेमकला घिमिरे,शम्झना धामी,चन्द्रकुमारी राइ,रेखा माया गुरुंग,कोपिला दाहाल र तारा देवी भट्टराई,शान्तिमाया दोङ ) सरकारलाई प्रतिवेदन पेश गर्नु पर्ने हो तर यो भएन कहाँ छन यिनीहरु ?  यी बेपत्ताहरुको खोजिनिती तर्फ दुतावास मौन  रहयो किन ? न त परिवारलाई राहत  दियो आगलागी बाट ज्यान जोगाउन झ्याल बाट हामफाल्नेहरु लाई आत्महत्या भनि प्रमाणित गर्ने हतारो गर्यो किन ? शुरुमै नेपाली समाजले सेल्टर खोल्ने भन्दै यहाँका सबै ईलेगलहरुको भार हामी उठाउछौ भन्दा यो ईलेगल काम हो भन्दै अपमानजनक स्वभाव देखाउदै सचिव पड्कदै बिरोध गर्नु भयो किन ? र हाल आएर बिदेशि कम्पनि लाई भेडा बाख्रा जस्तै पाल्न दिनु भयो किन ?   दुतावासको गेटमा  सचिवनीकै नातेदार र दुतावासको रिसेप्सनमा सचिवकै श्रीमती भर्ति गरि गेट देखी घुम्ने कुर्चि सम्म आफ्नै हिटलरी शैलीमा पुरानै साउदिको कार्यशैलीमा दुताबास संचालन गर्नु र महामहिम ज्युले विश्वासका साथ तथास्तु गरि राख्नाले नेपाली दुतावासले दिन प्रतिदिन कुवेतमा जनविश्र्वास गुमाउदै गयो । 

 

यहाँ दुतावासकै कर्मचारीहरुले नेपालका मेन पावर हरुलाई शिफारिस गरि मेन पावर बाट रकम असुली गरेका कुराहरु खुली सकेका छन । यो दुतावास हो कि मेन पावर ? अझ यहीका एजेण्टहरु सँग मिलेमतो गरेर आधारात सम्म दुताबासमा एजेण्टहरुका काम गरेका कुराहरु पनी खुलेका छन । अब भन्नुस यो भट्टराई निवास  की दुतावास ? यदि दुतावास हो भने दुतावासको टेलीफोन किन उढ्दै उठेन भन्ने जन गुनासो किन आउछ ? फेरि भन्नोस दुतावास आउने अनपढ महिलाहरुलाई किन गाली गलौज गरी अपशव्द बोलिन्छ ? यो अधिकार पनि नेपाल सरकार बाटै ल्याउनु भएको हो ? केही महीना पहिला कुवैतकै संचार माध्यमले बताए एक नेपाळी महिला लाई घर मालिक्निले टायलले टाउकोमा  हानी ह्त्या गरेको कुरा तर उनी को हून ? उनको लाश कहाँ छ ? भन्ने कुरामा  हामीसम्पूर्ण नेपाळी समाज जानकारीविहीन छौ ।  हाल सम्म हजुरले आत्महत्या भनेर शिफारीस गरेका लाशहरु कहाँ छन ?  अब भन्नुस तपाईले कुवेतमा बसेर नेपालीको के सेवा गर्नु भयो ?

 

तपाईले यहाँका पत्रकार र केहि नाम चलेका २५ जना मान्छेको लिष्ट लाई अगाडि बढाउदै डिपोडेट गर्ने धम्किले  सचिवको गरिमा र दुतावासकै छविलाई लत्यउदै अशोभनिय ब्यवहार भन्दा के गर्नु भयो ? शान्तिमाया दोङको बारेमा यो पङतिकारले २०१० अप्रिल २९ मा नेपाल कुबेत डटकममा लेखेको थियो आजको मितिले दश महिना भयो उनका आफन्तले लेखेका पत्रहरुको के जवाफ दिनु भयो ? यदि दुतावासले भेटेको छैन भने उक्त पत्रको सिसि यसै सँग छ दश महिनामा उनको स्वास्थ स्थितिको बारेमा उनका बुढा बा  फोन गरेर म सँग बारम्बार सोधी राख्छन यो जवाफ मैले दिने की दुतावासले ?  तपाईको हिटलरी शैली र म सोर्है आना ठिक यहाँका सबै लेबर क्याटागोरीका हुन कहिले सम्म भन्ने ? एउटा दुतावासको गरीमामय पदमा आशीन सचिवले गर्ने व्यवहार के यहि हो त ? तपाईको ठेकेदारी सेल्टर छ अरे तर यो कुनै पनि हालतमा ठिक छैन छ भने एन आर एन हरुलाई निरिक्षण गर्न किन अनुमती छैन ? अझै यहाँ अनुत्तरीत प्रश्नहरु  छन ।

 

वाँकी सबै यहाँका पचासहजार नेपालीहरु बाट सबैलाई चेतना भया………………………….? 

 

 

 

 

लेखक अर्घाखाँची टाईम्स कुवेतका सहयोगी तथा वरिस्ठ संचारकर्मी हुन