अत्यधिक चिसोको कारण सिराहमा थप एकजनाको मृत्यु

लहान – प्राप्त समाचार अनुसार गएराति अत्यधिक चिसोको कारण सिराहमा थप एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिरहा नगरपालिका ७ बस्ने ६५ वर्षीय रामविलास पसवान रहेको प्रहरीले जनाएको छ ।


राप्रपा इलाका समिति कार्यालय सिरहामा पियनपदमा कार्यरत पासवानको राति कठयागि्रएर मृत्य भएको हो ।

पासवान समेत सिरहामा कठयागि्रएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । अत्याधिक जाडोले निमुनिया रुवाखोकीजस्ता बिरामीको सङ्ख्यासमेत बढ्न गएको रिहा अस्पतालले जनाएको छ ।