चालीस वर्षको उमेरमा जग्गा धनी प्रमाणपुर्जा पाउन दिएको निवेदन ८३ वर्षको उमेरमा स्वीकृत

नवलपरासी – चालीस वर्षको उमेरमा जग्गा धनी प्रमाणपुर्जा पाउन दिएको निवेदन ८३ वर्षको उमेरमा स्वीकृत भयो । निवेदन दिएको ४२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा हातमा परेपछि मुक्तबहादुर मल्लले खुसीका आँसु बरर झार्नुभयो ।
भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले नवलपरासी जिल्लाको नारायणी गाविस-९ बाघखोरका मल्ललाई जग्गाधनी प्रमाणपुर्जा दिंदा उनका आँखाबाट खुसीका आँसु झरे ।


पुस १७ गते मन्त्रीको हातबाट २ क