अर्घाखाँचीको चाकला भालुवांग बाटो उद्घाटन कार्यक्रम स्थगित

[DSCF3230.JPG]

 


प्रेमनारायण आचार्य-सहयोगी अर्घाखाँची डट्कम्

अर्घाखाँची २४ पुष-अखाँटा यूएई डेस्क – चाकला भालुवांग मोटरवाटोको आज गर्ने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको छ। समितिका सदस्य माधब पौडेलका पिता मणिराम पा्रैड्यालको असामयीक निधन भएपछि समितिको हिजो बसेको आपतकालिन बैठकले उद्घाटन कार्यक्रम स्थगित गरेको हो ।


समितिकॊ आपतकालिन बैठकले सोक प्रस्ताब पारित गरि बाटो उद्घाटन कार्यक्रम अर्को निर्णय नभए सम्मकालागि स्थगित गरेको समितिले बताएको छ ।


यस्तै नेपाली काग्रेसका कृयाशिल सदस्य तथा क्षेत्रिय प्रतिनिधि माधब पौडेलका पिताको निधन प्रति नेपाली काग्रेसकी केन्द्रिय सदस्य पुस्पा भुसालले गहिरो दुख प्रकट गर्नु भएको छ ।


अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि सभासद समेत रहेकि भुसालले एक सोक बक्तब्य जारी गर्दै गहिरो दुख प्रकट गर्नु भएको हो ।

 

 


(संचारकर्मी प्रेमनारायण आचार्य अर्घाखाँची डट्कम्(टाईम्स)का जिल्ला सहयोगी हुनुहुन्छ।अर्घाखाँची सन्धिखर्क स्थित रेडियो देउरालीमा समाचार प्रमुखको रुपमा कार्यरत आचार्य रासस,लगायत अन्य धेरै संचार सस्था र माध्यमका लागि अर्घाखाँची प्रतिनिधिको रुपमा कार्यरत हुनुहुन्छ।)

images

images



images

Nepal life insurance