दोस्रो हाफको दुई गोलको मद्दतले उजबेकिस्तानले एसियन कप फुटबलको उद्घाटन दिनको खेलमा आयोजक कतारलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको छ। सन् दुई हजार बाइसमा विश्व कप फुटबल आयोजना गर्ने जिम्मा पाएको कतारले वार्म अप स्वरुप एसियन कप सुरु गरेको छ।
तर, उद्घाटन खेलमा आयोजक कतारको सुरुवात राम्रो हुन सकेन। पहिलो हाफ गोल रहित बरावरीमा सकिएपछि अन्ठाउनौं मिनेटमा अमेदोभले उज्बेकिस्तानको खाता खोले। यसपछि खेल सकिन तेह्र मिनेट बाँकीछँदा जेपारेभले थप एक गोल गर्दै उज्बेकिस्तानको दुइ शुन्यको जित पक्का गरे। यो जितसँगै ग्रुप ए मा उज्बेकिस्तानले तीन अंक जोडेको छ ।