इलाम – सत्र दिनदेखि सम्पर्क विहीन रहेका माईपोखरीस्थित सत्यधुनी बेद पाठशालाका प्राचार्य थलप्रसाद खतिवडा शनिबार मृत अवस्थामा फेला परेका छन् । मध्यान्ह माईपोखरीको जलासय भित्र उनको शव तैरिएको अवस्थामा फेला परेको स्थानीय दिनेश सुवेदीले जानकारी दिए ।
खतिवडा गत पौष ८ गते देखि बेद पाठशाला परिशरवाट नै बेपत्ता भएका थिए । खतिवडा सम्पर्क विहीन भएपछि उन्को खोजीमा रहेको प्रहरी टोलीले भेटिएपछि प्रहरिकै सक्रियता र देउराली बजार व्यवस्थापन समितिका पदाधिकारीको सहयोगमा शव पोखरी बाहिर निकालिएको छ । मृत्युको कारण खुल्न नसकेको प्रहरिले जनाएको छ ।



