– दिल्ली मल्ल
दाङ पुस २५ – जनमुक्ति सेनाका वि्रगेड कमाण्डर हिम्मत बराल मगर ुधु्रवु द्वारा लिखित संस्मरण संग्रह ुसमर यात्राुको आज घोराहीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ । एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङले आयोजना गरेको कार्यक्रममा जनमुक्ति सेना नेपाल पाँचौँ डिभिजनका सह-कमाण्डर अविनाशले पुस्तक ुसमर यात्राुको लोकार्पण गर्नुभएको हो ।
पुस्तकको लोकार्पण गर्दै डिभिजन सह-कमाण्डर अविनाशले समर यात्रा १० वर्षे जनयुद्ध बुझ्न चाहने आम पाठकका लागि सानो तर गहन दस्तावेज भएको बताउनुभयो । जनयुद्धका क्रममा बन्दुक बोकेर लडेका योद्धाले आफूले भोगेका कठीनतम् भोगाईहरु लिपीबद्ध गर्नु एउटा पुस्तक निकाल्नु मात्र नभएर भावी पुस्ताका लागि मार्गदर्शन बन्ने र जनयुद्धको यथार्थता बुझाउने इतिहास भन्ने भएकोले यसको महत्व भएकोमा जोड दिनुभयो । सो अवसरमा साहित्यकार टिकाराम उदासीले पुस्तकका हरेक प्रसंग र घटनाहरुको चर्चा गर्दै समर यात्रा जनयुद्ध अध्ययन गर्न चाहनेहरुका लागि सन्दर्भ सामग्री बन्नुका साथै नेपाली साहित्यको क्षेत्रमा अर्को इट्टा थपिएको बताउनुभयो ।
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका थारुवान राज्यसमिति सदस्य तथा साहित्यकार यज्ञबहादुर डाँगी वरिष्ठ पत्रकार सुशील गौतम राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मीले स्रष्टा बराललाई शुभकामना दिदै साहित्यमा निरन्तर कलम चलाइरहन आग्रह गर्नुभयो । सो अवसरमा स्रष्टा बरालले आफूले संगालेका अनुभूति सुनाउनु भएको थियो । महासंघ दाङका उपाध्यक्ष आस्था केसीको साचालनमा भएको कार्यक्रममा सहभागी सबैलाई सचिव श्रीधर भावुकले स्वागत गर्नुभएको थियो ।
गुल्मीको हर्राचौर- २ झारखर्कमा जन्मिनुभएका स्रष्टा बराल हाल जनमुक्ति सेना नेपाल पाँचौँ डिभिजनको तिलास्थित ज्वार स्मृति वि्रगेडका कमाण्डर हुनुहुन्छ ।