कल वाइपास गर्ने गिरोहका पाँचजना नाइकेलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ

विराटनगर – संचारमाध्यमहरुले जनाए अनुसार  कल वाइपास गर्ने गिरोहका पाँचजना नाइकेलाई मोरङ प्रहरीले बिहीबार विराटनगरबाट पक्राउ गरेको छ। एनसेलको सिमकार्ड प्रयोग गरेर ल्यापटपबाट कल वाइपास गर्ने गिरोहलाई प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कल वाइपास गर्नेहरुसँग धेरै संख्यामा एनसेलको सिमकार्ड बरामद भएको छ। मोरङका प्रहरी प्रमुख एसपी दीपक थापाले पक्राउ परेकाहरुसँग आइपी सिस्टम फेला नपरेका अनुसन्धान भइरहेको जानकारी दिए।