पिता मनबहादुर शाह जागिरको सिलसिलामा दैलेखबाट कोलकाता पुगेका बेला कुमार २०१४ मंसिर २८ मा जन्मिएका थिए । उनका श्रीमती र दुई छोरा छन् । कुमारले नेपालका एक सयभन्दा बढी चलचित्रमा गीत गाएका छन् ।
उनले ‘लाहुरे’ ‘कोसेली’ जस्ता चलचित्रमा अभिनय पनि गरेका थिए । भारतमा भने उनले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाएका छन् । ‘पीया कर गावँ’ नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत राष्ट्रियस्तरको पुरस्कार पाएका थिए ।



