माघेसंक्रान्तिमा रिडी मेला

अर्याल/टोपराज शर्मा


पश्चिमाञ्चलको पहाडी जिल्ला गुल्मीस्थित कालीगण्डकीको तीरमा अवस्थित रिडीघाट प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित छ । माघेसंक्रान्तिको आगमनसँगै रिडी सिंगारिएको हो । हरेक वर्ष माघ एक गते अर्थात् माघेसंक्रान्तिको दिन यहाँ विशेष मेला लाग्ने गरेको छ । कालीगण्डकीको तीरमा अवस्थित घाट, परम्परागत शैलीमा बनेका मठ मन्दिरका रूपमा परिचित छ । माघेसंक्रान्तिमा यहाँ  श्रद्धालु भक्तजन मात्र नभएर भारतका विभिन्न स्थानबाट सन्त, महन्त तथा साधु, महन्त पनि प्रशस्त आउने गर्छन् ।


नेपालमा भएका धेरै घाटमध्ये माघेसंक्रान्तिमा कालीगण्डकी नदी घाटमा स्नान गरे पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । माघेसंक्रान्ति आगमनसँगै  स्वदेश तथा विदेशका श्रद्धालु भक्तजन यहाँ आउने क्रमले घाटसँग जोडिएर रहेको रिडी बजारमा समेत मानिसहरूको चहलपहल बढेको छ । नेपालको बनारस भनेर उपमा दिइने यस स्थान प्राकृतिक मनोरम दृश्यले समेत सुन्दर छ । तीन जिल्ला पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रहेको यस स्थानलाई धार्मिक ग्रन्थहरूमा रुरु क्षेत्रका नामले समेत वर्णन गरिएको पाइन्छ ।


ऐतिहासिक र पौराणिक महत्व बोकेको रुरु क्षेत्र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीय संघ