एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्या

जनकपुर  – प्राप्त समाचार अनुसार एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्या गरेकी छन् । पूर्वी धनुषाको सवैला-१ मा सोमवार धीरेन्द्र साहकी २६ वर्षीया श्रीमती संगीता देवी साहले आफ्नै माहिली देवरानीकी दुई नावालक छोरालाई विष खुवाएर हत्या गरेकी प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार- संगीताले आफ्नै देवर सैलेन्द्र साहका ५ वर्षीय छोरा राजन साह र ३ वर्षीय छोरा नेवल साहको खानामा विष मिसाई खुवाएकी थिईन । विष खाएपछि सिकिस्त भएका दुबै बालकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा राजनको सोमवार मृत्यु भएको थियो भन्ने उपचारार्थ जानकी केयर अस्पतालमा भर्ना गराईएका तीन वषर्ीय नेवल साहको मंगलवार विहान अढाई वजे मृत्यु भएको हो ।

दुई दाजु भाई बीचको झगडाको कारण ठूली आमाले देवरानीकी दुई छोरालाई विष खुवाएर हत्या गरेकी प्रहरीले जनाएकोछ ।

आरोपी संगीता देवीलाई ईलाका प्रहरी कार्यालय सवैलाले नियन्त्रणमा लिई छानवीन प्रकृया अगाडि बढाएको । छानवीनको क्रममा संगीताले दुबै बच्चाको खानामा ‘ईन्डोशील’ नामक विषादी मिसाएर खुवाएकी स्वीकार गरेको प्रहरीले जनाएको छ ।