

नेपाली टोलीका संयोजक चन्द्रप्रकाश शर्माले इकान्तिपुरलाई दिएको जानकारी अनुसार दुवै टोलीले आफुहरुलाई घाटा नहुने जनाएपछि आयोजकले प्रतिस्पर्धालाई बराबरीमा टुङगाएको थियो ।
हयान्ड सेकिङले पन्ध्र घण्टा नाघेपछि दुवै टोलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण दिईएको छ । विजेता रोहितले भने- ‘मुलुकलाई विश्व माझ चिनाउने हाम्रो प्रयास सफल भएको छ ।’
वर्ल्ड लनगेस्ट हयाण्ड सेक २०११ नाम दिईएको प्रतिस्पर्धामा चार टोलीबाट फाईनलमा दुई टोली पुगेका थिए । प्रतिस्पर्धा गत शुक्रबार राती बाट शुरु भएर ३३ घण्टा पछि आईतबार समाप्त भएको थियो । हात मिलाईरहेको नेपाली टोलीलाई हौसला दिन न्युयोर्कबासी नेपालीहरुको पनि उपस्थित थियो भने कार्यक्रमलाई स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कठाङ्ग्रिदो जाडो मौसममा हात मिलाईरहेको नेपाली जोडीलाई नेपालीहरुले मम लगायत खानपिन आफैले खुवाएका थिए ।
यसैबर्ष विश्वकै सबैभन्दा साना मानिको बिश्व किर्तिमान नेपालकै खगेन्द्र थापा मगरले हात पारेका थिए ।



