
काठमाडौँ – कलाकार शान्ति मास्केको गएराति ८३ वर्षको उमेरमा गङ्गालाल अस्पताल, बाँसबारीमा उपचारका क्रममा निधन भएको छ ।
उहाँ मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । सिन्दूर, मनको बाँध, सन्तान, जीवनरेखालगायत चर्चित नेपाली चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय मास्केले विभिन्न टेलिचलचित्रमा समेत अभिनय गर्नुभएको थियो ।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा राखिएको थियो । प्रधानमन्त्री माधवकुमार नेपाल,संचारमन्त्री शंकर पोखरेल लगायत विभिन्न दलका नेता तथा विशिष्ठ व्यक्तिहरु मास्केलाई अन्तिम श्रद्धान्जलि दिन प्रज्ञा भवन पुगेका छन् ।