अर्घाखाँचीको खाचिकोट गाबिसमा तीन दिने गाबिस परिषद भेला सम्पन्न / धारापानी गाबिसमा राष्ट्रिय जनमोर्चाको संघयिता बिरोधी कार्यक्रम सम्पन्न

खाचिकोट, अर्घाखाँची – अर्घाखाँचीको खाचिकोट गाबिसमा तीन दिने गाबिस परिषद भेला सम्पन्न भएको प्राप्त समाचारमा जनाइएको छ।

 

समाचारमा उल्लेख भए अनुसार उक्त गाबिस परिषद भेलामा गाउँ र वार्डहरुमा आवश्यक बजेटको समानुपातिक वितरण एवम योजनाको तर्जुमा गर्नुका साथै बन्द सत्रमा वार्डमा आवश्यक बिकास निर्माणलाई प्राथिकताका साथ अगाडि बढाउदै जाने जस्ता अनेकौ निर्णय गर्दै समापन भएको जनाइएको छ।


यसैगरी थाहा भए अनुसार उक्त कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब थम्मन बहादुर केसी, राजमो कै गाउँ समितीका अध्यक्ष सिद्दी राज भट्टराई, माओवादी ईलाका इन्चार्ज बाबुराम बिक, नेकपा एमालेका लक्ष्मण कंडेल, नेपाली कांग्रेसका बिष्णु प्रसाद भुसालको बिशेष उपस्थिती थियो।

 

यसैक्रममा सो गाबिस परिषद कार्यक्रमको अध्यक्षता गाबिस सचिब मणीराम भट्टराई र स्वागत मन्तब्य अरुण भट्टराईले गरेका थिए भने कार्यक्रमको सन्चालन रामु यादवले गरेका उक्त समाचारमा उल्लेख गरिएको छ।

 

 

धारापानी गाबिसमा राष्ट्रिय जनमोर्चाको संघयिता बिरोधी कार्यक्रम सम्पन्न

 

धारापानी – अर्घाखाँचीको धारापानी गाबिसमा राष्ट्रिय जनमोर्चाको संघयिता बिरोधी कार्यक्रम सम्पन्न भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। साथै उक्त जानकारी जनमोर्चाका झवि थापाले दिएको उल्लेख गरिएको छ ।

 

साथै थाहा भए अनुसार द्धन्द्धको बेला माओवादी विरुद्ध एक्लै भण्डाफोर अभियान चलाएको राष्ट्रिय जनमोर्चाले अहिले त्यही ढंगबाट संविधान निर्माण र संघीयता विरोधी आन्दोलन स्वरुप देशव्यापी रुपमा राष्ट्रिय जनजागरण अभियान चलाएको छ । सोही अनुसार गत पुष ३० गते सन्धिखर्कमा उक्त दलले विशाल जनसभा गरेको थियो । अभियानमा मोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी उपाध्यक्ष मनोज भट्ट महासचिव सन्त बहादुर नेपाली लगायतका नेता तथा कलाकारहरु उपस्थिती रहेको थियो भने उक्त संघीयता विरोधी जनसभामा उनीहरुले सर्वसाधारणका घर घरमा गएर समेत संघीयता विरोधी आन्दोलनमा लाग्न आग्रह गरेका थिए।

 

यसैक्रममा उक्त दलको पुस १० गते बैतडीबाट शुरु भएको संघीयता विरोधी देशव्यापी अभियान माघ १० गते सकिने संचारमाध्यमहरुले उल्लेख गरेका छन।



images

images

images

Nepal life insurance