अर्घाखाँचीमा नेपाली कांग्रेस खाचिकोटद्धारा फुडवाङ बजारमा गाबिस स्थरिय पार्टी कार्यालयको शुभारम्भ

फुडवाङ – खाचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) – अर्घाखाँचीको खाचिकोट गाबिसको फुडवाङ बजारमा नेपाली कांग्रेसले गाबिस स्थरिय (गाउँ कार्य समिती) पार्टी कार्यालयको एक कार्यक्रमका बिचमा शुभारम्भ गरेको छ।

 


 

थाहा भए अनुसार खाचिकोट गाबिसमा पहिलो पटक खोलिएको उक्त पार्टी कार्यालयको उद्दघाटन प्रमुख अतिथी नेपाली कांग्रेसका वरिष्ट नेता एवम भुतपुर्ब उधोगमन्त्री ढुण्डिराज शास्त्रीले गरेका थिए।

 

यसैगरी सो पार्टी कार्यालय उद्द्घाटन कार्यक्रममा कांग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला सचिब बासुदेव आचार्य लगायत जिल्ला स्थित अन्य कांग्रेसका नेता एवम कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 


 

कार्यक्रममा प्रमुख अतिथी ढुण्डिराज शास्त्रीले जुन सरकार बने पनि आर्थिक क्रान्ति बिना देशको बिकास नहुने कुरा बताएका थिए।

 

साथै कांग्रेस जिल्ला सभापति कमल भुसालले अब देशमा नेपाली कांग्रेसको सरकार हुने र त्यही सरकारले मात्र निकास दिन सक्ने कुरा बताए । यसैगरी जिल्ला सचिब बासुदेव आचार्यले नेपाली कांग्रेसले मात्र देशलाई सही बाटोमा लैजान सक्ने भएकोले अबको सरकार नेपाली कांग्रेसको नेत्रुत्वमा हुनुपर्ने बताएका थिए।

 


 

उक्त कार्यक्रममा गाउँ तथा जिल्ला स्थरिय अन्य नेताहरु जस्तै तरुणदलका उमेश घिमिरे, प्रेस युनियनका सुर्य भुसाल, खाचिकोट गाबिसका पूर्व सभापति खेमराज आचार्य, ट्रेड युनियनका गणेश सिंह, महाधिवेसन प्रतिनिधि प्रितम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता बिष्णु प्रसाद भुसालले गरेका थिए भने स्वागत भाषण राम बहादुर के.सी र कार्यक्रमको सन्चालन नित्यानन्द चुदालीले गरेका थिए।

 






images



images

images

Nepal life insurance