राजविराज – सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले आइतबार बिहान सप्तरीको मैनाकडेरी गाविसबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बेस क्याम्प मैनाकडेरी र प्रहरी चौकी लोहजाराको संयुक्त गस्ती टोलीले सर्च गर्दा दुई जना हतियार सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिकौल २ का सुनिल लगरबार यादव र मैनाकडेरी १ का मनोज मलाह रहेका छन् ।
उनीहरुको साथबाट दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक भुवनेश्वर चौधरीले बताए । पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाइएको छ । पक्राउ परेका दुवै लुटपाट, अपहरणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए ।



