बेर्बाटोभको ह्याटि्रकको महतले इङलिस प्रिमियर लिगमा लिडर मेन्चेष्टर युनाइटेडले बर्मिङहमलाई पाँच शुन्य गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यान्यूको जीतमा थप दुई गोल रायन गिग्स र नानीले गरेका थिए। जीतपछि लिगमा अपराजित यात्रा कायमै राखेको म्यान्यूले बाइस खेलबाट अड्चालिस अंकसहित लिगमा दुई अंकको अग्रता कायम गरेको छ।
उता रोविन भ्यान पर्सेको ह्याटि्रकको मद्दतले विगानलाई तीन शुन्यले हराउँदै आर्सनल लिगको दोस्रो स्थानमा उक्लेको छ। एष्टन भिल्लासँग एक शुन्यले पराजित हुँदै दोस्रो स्थानमा रहेको मेन्चेष्टर सिटी भने तेस्रो स्थानमा झरेको छ। त्यसैगरी ओल्भरलाई तीन शुन्यले हराउँदै लिभरपुल लिगको दसौं स्थानमा उक्लन सफल भयो। स्पानिस लिगमा डिफेण्डिङ च्याम्पियन वार्सिलोनाको उत्कृष्ट प्रदर्शन जारी छ।
लिडर वार्साले रेसिङलाई तीन शुन्यले हराउँदै लिगमा सात अंकको अग्रता बनाएको छ। एसियन कप फुटबलमा भने इराकलाई एक शुन्यले हराउँदै अष्ट्रेलिया सेमिफाइनल प्रवेश गर्यो। उता इरानलाई पनि एक शुन्यले ने हराउँदै दक्षिण कोरिया पनि अन्तिम चारमा पक्का गर्न सफल भएको छ।