काठमाडौं – राष्ट्रसंघका महासचिव बान कि मुनले लुम्बिनी विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायलाई प्रोत्साहत गर्न राष्ट्रसंघ लागिपर्ने बताएका छन् ।
संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजालसँग न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा सोमबार भएको भेटमा महासचिव मुनले लुम्बिनी क्षेत्रको विकास नेपालका लागि मात्रै नभएर सिंगो विश्व समुदायका लागि गौरवको विषय बन्ने बताएका थिए ।
‘बौद्धमार्गी मार्गका रूपमा बृहत् लुम्बिनी क्षेत्रलाई भारतका प्रमुख बौद्ध तीर्थस्थल हुँदै दक्षिण पूर्वी एसियासम्म जोड्न सकिनेछ,’ महासचिव मुनले भने । महासचिवले युनेस्कोमार्फत लुम्बिनी क्षेत्र विकास र प्रवर्द्धनमा थप अग्रसर रहने प्रतिबद्धता जनाए ।



