पोलियो खुवाउन घरदैलो अभियान

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – पाँच वर्ष मुनिका सबै वालवालिकालाई पोलियो खुवाउनका लागि जिल्लाको प्रत्येक गाउँमा घरदैलो अभियान सचालन गरिने भएको छ ।


माघ २९ र फागुन ८ गते दुई दिनसम्म गाउँ गाउँमा गएर सबै बालवालिकालाई पोलियो खोप दिईने भएको छ । जसका लागि प्रचारात्मक अभियान शुरु गरिएको छ । गाउँका पाँच वर्ष मुनिका बालवालिका कोही पनि पोलियोबाट नछुटुन भन्ने अभियानका साथ सबै राजनीतिक दल नागरिक समाज गाविस सचिव विद्यालय विभिन्न संघ सस्था लगायतलाई सहयोग गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले अनुरोध समेत गरेका छन ।

 

बुधवार सन्धिखर्कमा भएको जिल्ला स्तरीय योजना तजुमा गोष्ठीमा पोलियो खोप दिवसलाई सफल पार्न घरदैलो अभियान शुरु गर्ने निर्णय भएको हो । जिल्ला अस्पताल प्रमुख डा। चित्र प्रसाद शर्मा वाग्लेले सबैका घरसम्म यो अभियान नपुर् याए बालवालिका पोलियोबाट विाचत हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन ।


स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षमा भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनिले शहर देखी जिल्लाका विकट भेगका बालवालिकालाई अनिवार्य रुपमा पोलियो खुवाउन सबैका घर घरमा पुगेर स्वास्थ्यकर्मी राजनीतिक दलका नेता कार्यकर्ता लगायत सबै सरोकारवाला प्रचारात्मक अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने बताए ।

images



images

images

Nepal life insurance