पोखराको लेखनाथ सैनिक बस्तीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

कास्की  – पोखराबाट कोत्रेतर्फ जाँदै गरेको ग १ ख ३४०१ नम्बरको खाली ट्रक लेखनाथको सैनिक बस्तीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी कास्कीको लुम्ले घर भएका चालक २४ वर्षीय नन्द बहादुर पुनको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सहचालकद्वय नवलपरासी सुनौलका २६ वर्षीय सन्त बहादुर कुमाल र नुवाकोटका २७ वर्षीय सूर्य तामाङ्ग रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ ।

ट्याकटरलाई ओभरटेक गर्ने क्रममा ट्रक सडकबाट करिब १ सय फिट तल खसेको डाँडाको नाक प्रहरी चौकीले जानकारी दिएको छ  ।