अर्घाखाँचीको धारापानीमा चितुवाको आक्रमणबाट २ जना घाइते

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको धारापानी गाबिस वार्ड न ३ मा चितुवाको आक्रमणबाट एक जना गम्भिर घाइते भएको प्राप्त समाचारमा जनाइएको छ।


प्राप्त समाचार अनुसार धारापानी ३ निवासी मिना नेपाली गाउँमा चितुवाको आक्रमणमा परी गम्भिर घाइते भएकी हुन। उनलाई धारापानी प्रहरी चौकीबाट बचाउन गएका प्रहरी जवान लालु राम न्यौपाने पनि गम्भिर घाइते भएको जनाइएको छ।


साथै घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको सन्धिखर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ।




images

images

images