काठमाडौं – सरकारले यातायात भाडामा नौं प्रतिशतले बृद्धि गरेको छ । यातायात व्यवसायीले विगत लामो समयदेखि भाडा बढाउनको निम्ति दबाब दिदै आइरहेका थिए । सरकारको भाडामा बृद्धि गर्न निर्णयले सर्वसाधारण जनता मारमा पर्ने भएका छन् । यातायात व्यवस्था मन्त्री मोहम्मद आलमले सोमबार मन्त्रीस्तरीय निर्णयगरी भाडा बृद्धि गरेका हुन् । उपभोक्ताहरुले भने भाडा बढाउने सरकारी निर्णयको विरोध गरेका छन् ।
गत वर्ष चैतमा सरकारले भाडा बृद्धि गरेको थियो । वर्षेनी यातायातको भाडा बृद्धिले सर्वसाधारण जनताको ढाड सेकेको छ । अहिले सार्वजनिक यातायातका साधनहरुमा न्यूनतम भाडा १० रु। रहेको छ भाडा बृद्धि पश्चात् १० रुपैयाँ ९० पैसा अर्थात् ११ रुपियाँ हुनेछ ।
उपभोक्ता हित संरक्षण माचले सरकारको भाडाबृद्धि गर्ने निर्णयको विरोध गरेकोा छ । सरकारले भने वैज्ञानिक पद्धतिको आधारमा भाडा बढाउने निर्णय गरेको दाबी गरेको छ । श्रम तथा यातायात मन्त्रालयले भने यातायात भाडा निर्धारण समितिले तयार परेको आधारमा भाडा बढाएको दावी गरेको छ । समितिले ९।२३ प्रतिशत भाडा बढाउने सिफारिस गरेको थियो ।