मेसीको सबै गोलमा बार्सिलोनाले एथलेटिको म्याडि्रडलाई ३-० ले हरायो । यसअघि लेभान्टेले भिल्लारियललाई १-० ले हरायो ।
म्यानचेस्टर पराजित लन्डन (इंग्ल्यान्ड)- म्यानचेस्टर युनाइटेडले यो सिजनमा पहिलो हार बेहोरेको छ । उसलाई शनिबार उल्भ्सले २-१ ले निराश पार्यो । हारसँगै म्यानचेस्टरको २९ खेलको अपराजित यात्रा टुंगिएको छ । आर्सनलले न्युकासल युनाइटेडसँग ४-४ को बराबरीमा खेल्यो । म्यानचेस्टर सिटीले वेस्ट-ब्रुमलाई ३-० ले हरायो ।



