थाइल्याण्डमा जारी एसीसी यू १९ एलिट कप क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । सेमीफाइनलमा मंगलबार खेलेको कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
कतारले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष नेपालले २० ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा नरेश बुढाऐर र सागर पुनले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे । खेलको सुरुवातमै धर्मराएको नेपाली इनिङस उकास्ने क्रममा बुढाऐरले अभिजित ४० र पुनले ३६ रन को यागदान गरे । यस्तै फैजरुख खाँनले १९, प्रदिप ऐरीले १२ र सुवास खकुरेलले २ रन जोडे । राजेश पुलामी भने डकआउट भए ।
यसअघि थाइल्याण्डको बैंककस्थित एआइटी मैदानमा टस हारेर व्याटिङ गरेको कतार ४७ ओभरमा १ सय १३ रनमा अलआउट भएको थियो कतारलाई सस्तैमा समेटन राहुल विश्वकर्माले ४, भुवन कार्कीले दुई र अविनास कर्णले १



