अनेरास्ववियु छैठौ अर्घाखाँचीको १९ औ जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु

सन्धिखर्क, अर्घाखाँची – नेकपा मसालको भात् विधार्थी संगठन अनेरास्ववियु (छैठौ) अर्घाखाँचीको १९ औ जिल्ला सम्मेलन अर्घाखाँचीको सन्धिखर्कमा शुरु भएको छ।

 


 

उक्त सम्मेलन सन्धिखर्क बजारको परिक्रमा गरी ग्रीन बोर्डइङ स्कूलको प्रागणमा औपचारिक उद्घघाटन गरिएको थियो। सम्मेलन कार्यक्रममा प्रमुख अतिथी छैठौका केन्द्रिय महासचिब अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी, केन्द्रिय सचिब दीपक पौडेल, युबा नेता झबिलाल थापा, केन्द्रिय महिला नेता बबिता थापा, अनेम संघ, विधार्थी नेता कृष्ण भुसाल लगायतको प्रमुख उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन कुलराज खनाल, स्वागत भाषण ठाकुर पन्थीले गरेका थिए।

 



साथै कार्यक्रममा बोल्ने बक्ताहरुले संघियताले देश बर्वादीको मुखमा गएको र समयमा संबिधान नबने देश अन्धकारमा जाने निश्चित रहेको जस्ता अनेकौ पक्षहरुमा बोलेका थिए।


यसैगरी थाहा भए अनुसार कार्यक्रममा प्युठान, अर्घाखाँची लगायतका जिल्लाबाट हजारौं बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । सम्मेलन माघ २८ र २९ गते सम्म चल्ने र बन्दसत्र चुत्राबेशी स्थित मसाल बजारमा रहेको पार्टी कार्यालयमा चल्ने जनाइएको छ। उक्त बन्द सत्रबाट नयाँ समितीको चयन हुने र सघियताको बिरोधको लागि जिल्ला एवम मुलुक भर जागरण अभियानको बारेमा छलफल एवम कार्यदिशा निर्धारण गर्ने उल्लेख गरिएको छ।




images

images

images



Nepal life insurance