कांग्रेस क्षेत्रीय समितिमा पदाधिकारी चयन

– शोभाखर पन्थी


 

 

माघ २९, अर्घाखाँची – नेपाली कांग्रेस क्षेत्र नं. १ अर्घाखाँचीले पुर्णता पाएको छ । कांगे्रस क्षेत्र नं. १ का सभापति चन्द्रमण्ँी पाण्डेले उप-सभापति सचिव सहसचिव समेतको ११ जना पदाधिकारी चयन गरेपछी क्षेत्रीय समितीले पूर्णता पाएको हो ।

 

क्षेत्रीय समितीको शनिवार सन्धिखर्कमा सम्पन्न बैठकले सभापतिद्धारा प्रस्तावित नामावलि अनुमोदन गरेको छ । मनोनित उपसभापति केदारनाथ भुसाल सचिव शोभाकर खनाल सहसचिव युवराज खनाल छन् ।

 

यसैगरी सदस्यहरुमा बैकुण्ठ थापा कविराम पौडेल श्याम बहादुर कुँवर कमला भुसाल डोरमाया पन्थ कमला पौडेल मणिराम बिक र गोविन्द रेग्मी रहेका छन् ।

 

यस अघि अधिवेसनबाट सचिवमा विष्णु क्षेत्री र कोषाध्यक्षमा छन्दलाल श्रेष्ठ निर्वाचित भएका थिए । कांगे्रसको बेठकले क्षेत्रमा संगठन विस्तारका लागि १ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ ।

 

चन्द्रमणी पाण्डेको अध्यक्षतामा र सचिव विष्णु क्षेत्रीको संचालनमा सम्पन्न बैठकमा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सभापति पिताम्बर भुसाल पूर्व उपसभापति विष्णु मुस्कान पूर्व कोषध्यक्ष लक्ष्मी श्रेष्ठ कोषाध्यक्ष हरि खड्का जिल्ला समिति सदस्य कृष्ण खनाल लोकेन्द्र बिक लगायतका नेताहरुले मन्तव्य राखेको थिए ।

images

images

images



Nepal life insurance